कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

लालुपाते सहकारी ठगी प्रकरण : ४ थुनामा, ५ जना धरौटीमा छुटे

डम्बरसिं राई

खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको बिहीबारको इजलासले ४ जनालाई थुनामा पठाउन र अन्य ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

३५ प्रतिवादीबाट ४ करोड ४० लाख ४१ हजार १८ रुपैयाँ बिगो माग दाबी गर्दै परेको उजुरीका आधारमा सहकारीका तत्कालीन अध्यक्ष मृतक अनिल जोशीका भाइ सुनिल जोशी, श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणि जसुदा पौडेललाई कारागार पठाइएको हो ।

सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं र सचिव मनोज राईलाई जनही ५ लाख, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई १०/१० लाख रुपैयाँ धरौटीमा छाडेको छ । यीमध्ये कात्तिक १२ गते सुनिल जोशी, श्रीमती रविना श्रेष्ठ जोशीलाई असोज १३ गते र प्रबन्धक रुकु जोशीलाई भने असोज १७ गते काठमाडौंमा र पोखराकी जसुदा पौडेललाई कात्तिक १५ गते चितवनबाट तथा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राईलाई कात्तिक १२ गते दिक्तेलबाट पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध गुमेको बचत फिर्ताको माग गर्दै २ सय ६५ जनाले उजुरी दिएका थिए ।

सहकारीका अध्यक्ष अनिल जोशीको कोरोनाले २०७८ वैशाख १५ गते पोखरामा निधन भएपछि वेशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो । लालुपाते सहकारी ०७२ मंसिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना भई कारोबार सुरु गरिएको थियो ।


प्रकाशित : मंसिर २१, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×