कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विराटनगरको सातघुम्तीमा आगलागी, २ को मृत्यु, २ जना घाइते

विनोद भण्डारी

विराटनगर — विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । २ जना सख्त घाइते भएका छन् ।

विराटनगरको सातघुम्तीमा आगलागी, २ को मृत्यु, २ जना घाइते

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । आगजनीको कारण भने खुल्न बाँकी रहेको दाहालले बताए ।

प्रकाशित : मंसिर २०, २०८० १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×