कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

डेढकिलो गाँजासहित एक पक्राउ

संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाले डेढ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चिचिला गाउँपालिका-३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको हो ।

डेढकिलो गाँजासहित एक पक्राउ

गाउँलेलाई कुटपिट गरेको आरोपमा पक्राउ गर्ने क्रममा उनको साथबाट गाँजा बरामद गरिएको डीएसपी घनश्याम श्रेष्ठले बताए । उनलाई सोमबार सार्वजनिक गरिएको छ । पक्राउ परेका राईले २०६५ देखि २०७६ सम्म ९ वटा विभिन्न प्रकारका मुद्दामा जेल जीवन बिताइसकेको उनले बताए । यसअघि राईले ६ पटक सार्वजनिक मुद्दा, २ पटक ज्यान मार्ने उद्योगको मुद्दा र १ पटक लागुऔषध मुद्दा खेपिसकेका छन् ।

प्रकाशित : मंसिर १८, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×