कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिचान पक्षधरको आन्दोलनका कारण ताप्लेजुङमा बजार र यातायात ठप्प

आनन्द गौतम

ताप्लेजुङ — एमाले सचिव योगेश कुमार भट्टराई चढेको गाडी तोडफोडको आरोपमा पक्राउ परेका कार्यकर्ता छोड्न माग गर्दै ताप्लेजुङ बन्द गरिएको छ । मंगलबार मेची राजमार्ग बन्द गरेको ‘प्रदेश १ पुनः नामांकन संघर्ष समिति’ले बुधबार ताप्लेजुङमा यातायात तथा बजार बन्द गराएको हो ।

पहिचान पक्षधरको आन्दोलनका कारण ताप्लेजुङमा बजार र यातायात ठप्प

बन्दकर्ताले लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिएका छैनन् । बन्दका कारण सदरमुकाम फुङलिङका पसल बन्द रहेका छन् ।

गत मंसिर १० गते गृह जिल्ला ताप्लेजुङदेखि काठमाडौं फर्कने क्रममा भट्टराई सवार गाडीमा तोडफोड भएको थियो । तोडफोड अभियोगमा पाथीभरा याङवरक गाउँपालिका–१, तिरिङगेका आनन्द कङलिवा र विपिन कङलिवा पक्राउ परेका छन् । उनीहरूको रिहाइको माग गर्दै मंगलबार मेची राजमार्ग बन्द गरिएको थियो ।

प्रकाशित : मंसिर १३, २०८० १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×