कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रजातान्त्रिक योद्धा पीएन शर्माको निधन

अर्जुन राजवंशी

बिर्तामोड — प्रजातान्त्रिक योद्धा तथा नेपाली कांग्रेसका पुराना नेता पूर्णानन्द दाहाल (पीएन शर्मा)को निधन भएको छ ।झापा कमल गाउँपालिका–५ लखनपुर निवासी ८८ वर्षीय दाहालको उपचारका क्रममा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा सोमबार अपरान्ह साढे ४ बजे निधन भएको हो ।

प्रजातान्त्रिक योद्धा पीएन शर्माको निधन

कांग्रेस झापाका पूर्व सभापतिसमेत रहेका दाहाल त्यागी नेताका रुपमा चिनिन्थे । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण दाहालले विभिन्न कालखण्डमा ५ वर्ष जेल, ३ वर्ष निर्वासन, पटकपटक एरियाबन्दी, अञ्चल निस्कासन, राजकाज सम्बन्धी मुद्दामा सजाय भोगेका थिए ।

दाहालले ६ दशकसम्मका शैक्षिक तथा राजनीतिक जीवनका अन्तरवस्तुहरु समेटेर ‘त्यागको परिणाम’ नामक् पुस्तक प्रकाशन गरेका छन् । शारीरिक रुपमा असक्त भएपनि मुलुकको प्रजातान्त्रिक आन्दोलनमा दाहालको भूमिका अतुलनिय रहेको कांग्रेस झापा सचिव कृष्ण हुमागाईंले बताए ।

दाहाल एक वर्ष यता अवस्थ्य थिए । उनी फोक्सो लगायतको समस्याबाट पीडित थिए । प्रजातान्त्रिक योद्धा भएकाले बिर्ता सिटी अस्पतालले केही वर्ष यतादेखि उनको निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको थियो । दाहालको मंगलबार बिहान ११ बजे जिल्लास्थित कनकाई घाटमा अन्त्येष्टि गरिने हुमागाईले जानकारी दिए ।


प्रकाशित : मंसिर ११, २०८० १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×