कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

डम्बरसिं राई

खोटाङ — पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ की ३० महिनाकी आरिमा राईको साकेला गाउँपालिका–२ रतन्छास्थित मामाघरको माछापोखरीमा डुबेर आइतबार मृत्यु भएको हो । 

दिउँसो खेल्ने क्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारकाका क्रममा साकेला आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले किचेर मृत्यु

रुखले किचेर एक जनाको मृत्यु भएको छ । जन्तेढुङ्गा गाउँपालिका–३ छिमाभन्ज्याङका ६३ वर्षीय दीर्पमान राईको शनिबार मृत्यु भएको हो । घर बनाउनका लागि रुख काट्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×