कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सहकारी विज्ञ प्रधानांगा पुरस्कृत 

अर्जुन राजवंशी

बिर्तामोड — सहकारी विज्ञ कैलाशभक्त प्रधानांगा ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट पुरस्कृत भएका छन् । 

सहकारी विज्ञ प्रधानांगा पुरस्कृत 

झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार नगद एक लाख एक हजारसहित उक्त पुरस्कार प्रधानांगालाई दिएको हो । जीवनको पाँच दशकभन्दा बढी समय सहकारी अभियानमा बिताएका उनलाई सहारा नेपालको २७ औं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नगद र सम्मानपत्रले सम्मानित गरेका हुन् । कार्यक्रममा सहारा सहकारी पत्रकार पुरस्कारबाट पत्रकार सन्तोष न्यौपाने पुरस्कृत भएका छन् । नगद २५ हजारसहित सम्मानपत्रले पत्रकार न्यौपानेलाई सभामुख घिमिरेले पुरस्कृत गरेका हुन् । एक लाख ५७ हजारभन्दा बढी सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७९/८० मा ३९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित : कार्तिक १८, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×