कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बन्दले धनकुटामा यातायात ठप्प

रमेशचन्द्र अधिकारी

धनकुटा — पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले मंगलबार बिहानदेखि गरेको बन्दका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा यातायात ठप्प रहेको छ ।

बन्दले धनकुटामा यातायात ठप्प

धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा गत भदौ ८ गते युवा संघले आयोजना गरेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले गत बिहीबार पहिचान पक्षधरका तीन जना कार्यकर्ता पक्राउ गरेको थियो । उक्त घटनामा पहिचान पक्षधरका कार्यकर्ताले युवा संघका केन्द्रीय अध्यक्षसहित सवार गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका थिए ।

उक्त घटनामा पक्राउ परेका कार्यकर्ता बिनासर्त रिहाइ गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले बन्द आह्वान गरेको जनाएको छ । संघर्ष समितिका कार्यकर्ताले धनकुटा बजारनजिक फोक्लेन्ड टापु क्षेत्र र भेडेटारमा सवारी साधन रोकेका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भएको प्रहरीको भनाइ छ ।

बन्दका कारण धनकुटा भएर तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथर लगायत जिल्लामा आवतजावत गर्ने यात्रु बीच बाटैमा अलपत्र परेका छन् । यसैबीच, बन्द खुलाउने र बन्दकर्ताको मागको सवालमा आफूहरु गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडलले बताएका छन् । बन्द खुलाउन संघर्ष समितिसँग कुराकानी भइरहेको स्रोतको भनाइ छ ।

प्रकाशित : आश्विन ३०, २०८० १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×