कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

संखुवासभा — पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका-७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बानामा उपचार हुन नसकेपछि उनलाई संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।

बिहीबारे बजारमा बिहीबार मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरी टोली खटिएको थियो ।

पक्राउ परेका तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।

प्रकाशित : आश्विन ६, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×