कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विराटनगर महानगरका तीन नगर प्रहरी बर्खास्त

देवनारायण साह

माेरङ — विराटनगर महानगर प्रमुख नागेश काेइरालाले जनता समाजवादी पार्टी (जसपा)का माेरङ अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गर्ने तीन नगर प्रहरीलाई बर्खास्त गरेका छन् ।

विराटनगर महानगरका तीन नगर प्रहरी बर्खास्त

नगर प्रहरी हवल्दार रमेश निराैला भण्डारी, नगर प्रहरीद्वय विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगर प्रहरी सेवाकाे जिम्मेवारी हटाएकाे प्रमुख काेइरालाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

विराटनगर महानगरका नगर प्रहरीले अध्यक्ष यादवलाई दुर्व्यवहार गरेकाे विराेधमा जनता समाज पार्टी आन्दाेलनमा उत्रेपछि प्रमुख काेइरालाले अनुसन्धान गरी दाेषी नगर प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसपा महानगर समितिले अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने नगर रक्षकलाई बर्खास्त गरी कारबाहीकाे माग गर्दै आन्दाेलनमा उत्रने घाेषणा गरेकाे थियाे ।

विराटनगरस्थित काेशी अस्पताल चाेकमा सिटी सफारीबाट यात्रुलाई ओराल्ने क्रममा नगर रक्षकले ह्विल लक दिनभरि लगाइदिएर राेजगारी गुमेकाे भन्दै अध्यक्ष यादवले नगर रक्षकलाई त्यस्ताे नगर्न आग्रह गर्दा उनले दुर्व्यवहार गरेकाे आराेप लगाएका थिए ।

त्यही क्रममा यादव र नगर रक्षकबीच ठेलमठेल भएकाे निहुँमा एक हुल नगर रक्षक आएर औषधी पसलमा बसिरहेकाे अवस्थामा अध्यक्ष यादवलाई समातेर घिसार्दै लगेकाे घटनाकाे चाैतर्फी विराेध भइरहेकाे थियाे ।

प्रकाशित : आश्विन २, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×