कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ताप्लेजुङमा गर्मी बढ्यो

आनन्द गौतम

ताप्लेजुङ — हिमाली जिल्ला ताप्लेजुङमा लगातार तापक्रम वृद्धि भइरहेको छ । सदरमुकाम फुङलिङमा शनिबार दिउँसो २७.७ डिग्री तापक्रम मापन गरियो । आइतबार पनि बिहानैदेखि घाम लागेको छ ।

ताप्लेजुङमा गर्मी बढ्यो

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यो महिनाको भदौ २० गतेको तापक्रमले ११ वर्षअघिको तापक्रम भेटाएको छ । ‘यो महिनाको सेप्टेम्बर ६ तारेखको दिन २८.४ डिग्री मापन गरिएको छ,’ मौसम विज्ञान फिल्ड कार्यालयका प्रमुख डेभिड ढकालले भने, ‘सन् २०१२ सेप्टेम्बर ८ तारेखको दिन पनि समान २८.४ रेकर्ड भएको रहेछ ।’

फाट्टफुट्ट बाहेक एक सातायता जिल्लामा वर्षा भएको छैन । गर्मी भने अधिक महसुस भइरहेको छ ।यहाँका किसानहरु बिहान–बेलुका काम गरेर दिउँसो घरमै बस्न थालेका छन् । आसपासका डाँडामा कुहिरो र हिउँ समेत भएकाले बिहान बेलुका भने शितल अनुभव हुने स्थानीय बताउँछन् ।

प्रकाशित : भाद्र ३१, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×