कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चार जना फरार अभियुक्त पक्राउ

लक्ष्मी गौतम

पाँचथर — जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न मुद्दामा न्यायिक निकायबाट दोषी प्रमाणित भएपछि फरारको सूचीमा रहेका चार जना अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार साँझ सदरमुकाम फिदिमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ पर्नेमा फिदिम १ का २४ वर्षीय आशिष यवा,फिदिम १ का २५ वर्षीय विवेक थेवे,सञ्जय नेम्वाङ र फिदिम १० का संगम थाम्सुहाङ छन् । यवा र थेवेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय पााचथरले २०७१ सालमा दोषी प्रमाणित गर्दै जरिवाना ताकेको थियो । उनीहरूमध्ये यवाबाट ५ र थेवेबाट १० हजार जरिवाना असुल्न प्रशासनले फैसला गरेको थियो ।

यस्तै नेम्वाङ र थाम्सुहाङ अवैध लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध ब्राउन सुगर ओसारपसार मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि गत साउनदेखि फरार उनीहरूलाई सदरमुकाम फिदिमदेखि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पााचथरका सूचना अधिकारी सुमित कुशवाहाले बताए ।

प्रकाशित : भाद्र ३०, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×