कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दोभान बजारका घर र पसलका सामान सारियो

आनन्द गौतम

ताप्लेजुङ — मैवाखोलाको कटानमा परेका ताप्लेजुङको दोभान बजारका ६ वटा घर र एउटा पसलको सामान अन्यत्र सारिएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङका वडाध्यक्ष गजेन्द्र नाल्वुका अनुसार खोलाले घर भत्काउने भएपछि सामान सारिएको हो ।

दोभान बजारका घर र पसलका सामान सारियो

सुकबहादुर लिम्बू, प्रेम न्यौपाने, रिञ्जेन शेर्पा, धनबहादुर लिम्बू, दिपक धिताल, याम आङवोहाङको घर र पसलको सामान सारिएको छ भने पवन लिम्बूको घर पनि जोखिममा परेको नाल्वोले बताए । आइतबार बेलुकादेखि खोला केही घटेपनि कटान नरोकिएका कारण जोखिम कामयै रहेको उनले बताए ।

खोलाले सडक बगाएपछि सदरमुकाम फुङलिङबाट आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जाने मार्ग अवरुद्ध भएको छ । खोलाले पूरै सडक बगाएको र अन्यत्रबाट घुमाउने विकल्प नभएकाले खोलामा पानीको सतह घटेपछि मात्रै विकल्पका बारेमा सोच्न सकिने मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांविर हाङ्गामले बताए । दोभान ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र पनि हो ।


प्रकाशित : श्रावण २९, २०८० ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?