१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

साथीलाई बचाउन सांगीतिक अभियानमा युवा समूह

धनकुटा — दुई सातादेखि धनकुटा बजारका हरेक चोक र गल्लीमा दिनहुँजसो  गिटार, पियानो र ड्रमसेटसँगै एकहुल युवाहरू सांगीतिक प्रस्तुती गर्दै गरेको अवस्थामा भेटिन्छन् ।

साथीलाई बचाउन सांगीतिक अभियानमा युवा समूह

सुरुमा उनीहरूको त्यो प्रस्तुतीलाई सामान्य ठान्नेहरूले जब वास्तविकता बुझ्छन् अनि गोजी कोट्याउँदै तँछाडमछाड गर्दै त्यहाँ राखिएको दान पेटिकामा गच्छेअनुसारको रकम खसाल्छन् ।

२० वर्षको उमेरमै जटिल रोगबाट ग्रसित बनेकी साथीका लागि सहयोग जुटाउन उनीहरू यसबेला सांगीतिक यात्रामा निस्किएका हुन् । धनकुटा नगरपालिका ७ सित्तलपाटीकी बासिन्दा २० वर्षीया फरिन राई विराटनगरस्थित कोशी अस्पतालको शैय्यामा प्रतिरोधात्मक क्षमता ह्रास गर्ने जटिल प्रकारको रोग सिस्टमिक लुपुस एरथिेमाटोसुससँग विगत पाँच सातादेखि जुधिरहेकी छन् । सामान्य आर्थिक अवस्था भएका उनका बाबु वीरशुक्र राईले छोरीको उपचारका लागि आफूसँग रकम नभएको गुनासो गरेपछि फरिनका साथीहरू सांगीतिक अभियानमार्फत उनको उपचार खर्च जुटाइरहेका छन् ।

स्नातक तह पहिलो वर्षमा अध्ययनरत फरिनलाई बचाउन भन्दै उपचार खर्च जुटाउन आफूहरू दिनरात नभनी जुटेको सांगीतिक प्रस्तुती कार्यक्रमका अगुवाइ गरिरहेका सञ्जय लिम्बू बताउँछन् । ‘फरिन बचाउ अभियान’ मार्फत दुई सातादेखि उनीहरू रकम संकलन गरिरहेका छन् ।

प्रकाशित : असार १८, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?