कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल

लक्ष्मी गौतम

पाँचथर — महान्यायाधिवक्ता दिनमणि पोखरेलले अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका पोखरेलले जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिल कार्यालयको त्रुटिका कारण पीडितले न्याय पाउनुको साटो झनै पीडित बन्ने परिस्थिति सिर्जना हुने गरेको बताए । 

अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल

मुद्दाको अभियोजनपत्र दर्ताका क्रममा हुने त्रुटिका कारण मुद्दाको फैसला हुँदा पीडितले न्याय नपाउने भएकाले प्रहरी र सरकारी वकिल कार्यालय संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो ।

‘न्यायाधीशले त मिसिलमा भएका आधार र प्रमाण हेरेर फैसला गर्ने हो । बनाउनुपर्ने मान्छेलाई प्रतिवादी बनाइएको छैन भने पीडितले न्याय र पीडकले सजाय पाउने अवस्था रहँदैन‚’ उनले भने ।

दसी-प्रमाण संकलनमा अल्छी गर्ने परिपाटीले मुद्दाको फैसला हुँदा पीडितले न्याय नपाउने उनको भनाइ थियो । ‘प्रमाण जुटाउने क्रममा प्रहरी र सरकारी वकिल कार्यालय संवेदनशील हुन जरुरी छ‚’ महान्यायाधिवक्ता पोखरेलले थपे । अदालतमा चलेका मुद्दाको फैसला ढिलो हुनुले पनि पीडितलाई न्याय नहुने पोखरेलको तर्क थियो ।

प्रकाशित : असार १०, २०८० ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×