अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाँचथर — महान्यायाधिवक्ता दिनमणि पोखरेलले अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका पोखरेलले जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिल कार्यालयको त्रुटिका कारण पीडितले न्याय पाउनुको साटो झनै पीडित बन्ने परिस्थिति सिर्जना हुने गरेको बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/dinmani-2562023080815-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
मुद्दाको अभियोजनपत्र दर्ताका क्रममा हुने त्रुटिका कारण मुद्दाको फैसला हुँदा पीडितले न्याय नपाउने भएकाले प्रहरी र सरकारी वकिल कार्यालय संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो ।
‘न्यायाधीशले त मिसिलमा भएका आधार र प्रमाण हेरेर फैसला गर्ने हो । बनाउनुपर्ने मान्छेलाई प्रतिवादी बनाइएको छैन भने पीडितले न्याय र पीडकले सजाय पाउने अवस्था रहँदैन‚’ उनले भने ।
दसी-प्रमाण संकलनमा अल्छी गर्ने परिपाटीले मुद्दाको फैसला हुँदा पीडितले न्याय नपाउने उनको भनाइ थियो । ‘प्रमाण जुटाउने क्रममा प्रहरी र सरकारी वकिल कार्यालय संवेदनशील हुन जरुरी छ‚’ महान्यायाधिवक्ता पोखरेलले थपे । अदालतमा चलेका मुद्दाको फैसला ढिलो हुनुले पनि पीडितलाई न्याय नहुने पोखरेलको तर्क थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)