कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

स्थापनाको चार दशकपछि इनरुवा अस्पतालमा ब्लड बैंक

अर्जुन सुवेदी

सुनसरी — स्थापनाको ४१ वर्षपछि जिल्ला अस्पताल सुनसरीमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ । रक्त सञ्चार सेवा केन्द्रको जिल्ला अस्पताल इनरुवामा बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

स्थापनाको चार दशकपछि इनरुवा अस्पतालमा ब्लड बैंक

इनरुवा नगरपालिका र भोक्राहा गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो । केन्द्र सञ्चालननमा आएसँगै सुनसरी सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, गढी, रामधुनी र भोक्राहा गाउँपालिकाका सेवाग्राहीलाई फाइदा पुग्ने अस्पतालले बताएको छ ।

केन्द्र स्थापनासँगै विभिन्न स्थानीय तहबाट उपचारका लागि आउने बिरामीलाई रगतकै अभावमा धरान या विराटनगरको अस्पताल रेफर गर्नुपर्ने बाध्यता हटेको मेडिकल सुपरिटेन्ट डा. देवराज घिमिरेले बताए । उनका अनुसार अब अस्पतालमा उपचाररत बिरामीहरुलाई सहुलियत दरमा रगत उपलब्ध गराइनेछ ।

दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको इनरुवा अस्पतालले तीन महिनाअघि आँखा उपचार सेवासमेत सुरु गरेको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×