पहिचान पक्षधरसँग वार्ताका लागि अल्पमतमा परेको प्रदेश सरकारद्वारा वार्ता टोली गठन

देवनारायण साह

मोरङ — पहिचान पक्षधरसँग वार्ताका लागि अल्पमतमा परेका प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको हो ।

पहिचान पक्षधरसँग वार्ताका लागि अल्पमतमा परेको प्रदेश सरकारद्वारा वार्ता टोली गठन

बैठकले खानेपानी , सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ । वार्ता टोलीको+ सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला रहेको बैठकले निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले जेठ १५ गते पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गरेका थिए । कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशको नामकरण भएदेखि सशक्त आन्दोलन गर्दै आएको छ ।

९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते कोशी प्रदेश नामकरण गरेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x