५७ हजार रुपैयाँसहित जुवा खालबाट ९ जना पक्राउ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाँचथर — पाँचथर प्रहरीले सदरमुकाम फिदिम १ को एउटा होटलबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मेनरोडमा सञ्चालनमा रहेको याङनाम होटलबाट पक्राउ परेकाहरुको साथबाट ५७ हजार रुपैयाँ नगद र ठूलो परिमाणको तास बरामद गरेको जिल्ला प्र्रहरी कार्यालय पाँचथरका प्रहरी निरीहक्षक दिवस कुँवरले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालकसहित नौ जना रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका नौ जनाकै स्वास्थ्य परीक्षण गरेर अनुसन्धान सुरु गर्नका साथै मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया