१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारी पक्राउ

देवनारायण साह

मोरङ — कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारी पक्राउ

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ ।

प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताए । प्रदर्शनकारीले भाटा, गुलेलीलगायतका घरेलु हतियारसहित आन्दोलनमा उत्रेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।

सुरक्षाकर्मीले कोशी प्रदेशका विभिन्न पहाडीलगायतका जिल्लाबाट आन्दोलनकारी बोकेर विराटनगरतर्फ आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गमा जाँच गरी फर्काउने र नियन्त्रणमा लने गरेका छन् ।

अहिले दिउँसो २ बजेबाट प्रदेशसभाको बैठक बस्ने भएकाले आन्दोलनकारीहरू विराटनगरको सहिद मैदान अगाडि भेला भएर प्रदर्शन गर्दै प्रदेशसभातर्फ गइरहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८० १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?