हाटखोलामा एनसेलको कन्सर्ट

कान्तिपुर संवाददाता

विराटनगर — एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोलामा चर्चित कलाकार तथा विभिन्न सांगितिक समूहको साथमा गर्ने भव्य कन्सर्टको तयारी पुरा गरेको छ । कन्सर्टमा चर्चित कलाकार तथा ब्याण्ड दिपक बज्राचार्य, रिदम ब्याण्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स ब्याण्ड, अस्मिता अधिकारी, सुनिल पण्डित र केकी अधिकारी लगायतले दमदार प्रस्तुतिका साथ दर्शकलाई मनोरञ्जन दिने बताइएको छ ।

शनिबार दिउँसोदेखि करिब ६ घण्टा चल्ने कन्सर्टमा दर्शकको मन जित्ने प्रयत्न गर्ने दिपक बज्राचार्यले बताए । कोशी प्रदेशको राजधानीमा हुन लागेको यो भव्य साँस्कृतिक कार्यक्रम नछुटाउन आशिष राना (लाउरे) ले दर्शकलाई आग्रह गरे । कार्यक्रमको प्रत्यक्ष प्रसारण एनसलको फेसबुक पेजबाट पनि हुने भएकाले सबै तिर छरिएर रहेका नेपालीले आनन्द लिने पाउने रानाले बताए ।

कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनिले प्रदान गर्दै आएको सेवा एवं सुविधाका बारेमा पनि दर्शकलाई जानकारी गराइने आयोजकले बताएको छ । यो कार्यक्रमले हालको शिथिल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने एनसेलको विश्वास छ । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ मा काठमाडौंमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायको उत्थानमा र आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्पल स्याटर्डे आयोजना गरिएको एनसेलले जनाएको छ ।

यस सांगितिक कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन् । ‘साथीभाई, परिवारसँग आउनुहोस्, मिलेर रमाईलो गरौं,’ बज्राचार्यले भने ।

प्रकाशित : जेष्ठ १२, २०८० २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा विपद् न्यूनिकरण अभ्यास 

अर्जुन शाह

धनगढी — वर्षात्‌को बेला हुनसक्ने जल प्रकोपसम्बन्धी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कैलालीको चिसापानी क्षेत्रमा पर्ने कर्णाली नदीमा शुक्रबार नेपाली सेनाले ‘विपद् न्यूनिकरण संयुक्त कृत्रिम अभ्यास’ गरेको छ ।

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको संयुक्त टोलीले कर्णालीमा कृत्रिम अभ्यास गरेको हो । अभ्यासमा सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई खोज तथा उद्धार, खोचमा फसेका व्यक्तिहरुलाई क्याराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास गरेको थियो । सशस्त्र प्रहरीले गोताखोरबाट नदीमा बेपत्ताहरुको खोज तथा उद्धारको अभ्यास गर्नुका साथै घाइतेलाई उपचार प्रदर्शन गरेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापालगायत सुरक्षा निकायका प्रमुखहरुको प्रत्यक्ष निरीक्षणमा सञ्चालन गरिएको अभ्यासले विपदमा एकीकृत रुपमा परिचालन भई खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन सहयोग पुग्ने देबीदल गण तेघरीका गणपती रवि केसीले बताए ।


प्रकाशित : जेष्ठ १२, २०८० २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×