बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डम्बरसिं राई

खोटाङ — बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । नाताले आफ्नै दाजुकी १२ वर्षीया छोरीलाई सोमबार राति करिब १२ बजेतिर सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने ३४ वर्षीय पुरुषलाई मंगलबार बिहान पाँच बजे घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेर्पा स्थायी घर भएका पीडकलाई पक्राउपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लैजाने तयारी भइरहेको कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

खुला ठाउँमा आगो बाल्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले खुला स्थानमा आगो बाल्ने र सार्वजनिक स्थानमा विज्ञापन गर्नेलाई जरिवाना गराएको छ ।

खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गरेको भन्दै महानगरले वडा नम्बर-९ बस्ने सञ्जिव रावतलाई जरिवाना गराएको हो । उनलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना गराएको थियो ।

यस्तै, सार्वजनिक स्थानमा विज्ञापन तथा फोहोर मैला गरेको भन्दै महानगरले इलाइट कमर्स एकेडेमी प्रालिलाई पनि जरिवाना गराएको छ । महानगरका सञ्चार सहयोगी सुरेन्द्र बजगाईंका अनुसार उक्त एकेडेमीलाई नगर प्रहरीले ५ हजार जरिवाना गराएको हो ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×