कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लम्पी स्किनले पाँचथरमा पाँच हजार गाईभैंसी प्रभावित

लक्ष्मी गौतम

पाँचथर — पहाडी जिल्ला पाँचथरका किसानले पालेका गाई भैंसीमा लम्पी स्किन रोगको प्रकोप बढेको छ । लम्पी स्किनका कारण गाई भैंसीको छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरु बताँउछन् ।

लम्पी स्किनले पाँचथरमा पाँच हजार गाईभैंसी प्रभावित

यो रोगबाट कुम्मायक गाउँपालिकामा सबैभन्दा धेरै गाई भैंसी प्रभावित भएका छन् । यहाँ २ हजार २ सय ८५ वटा गाई भैंसीमा यो रोग देखिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।

कुम्मायकपछि हिलिहाङमा धेरै गाई भैंसी प्रभावित भएका छन् । त्यहाँ १ हजार ४ सय गाई भैंसी प्रभावित भएको भेटेरिनेरी अस्पताल पाँचथरका प्रमुख डा. मनोज महतो बताँउछन् ।

‘लम्पी स्किन आठवटै स्थानीय तहमा फैलिइसकेको छ, नियन्त्रणका लागि पालिकाहरुसँग सहकार्य गरेर खोप चलाइरहेका छौं,’ प्रमुख डा. महतोले भने ।

अस्पतालका अनुसार हालसम्म फालेलुङ, मिक्लाजुङ र फाल्गुनन्दमा गरी २२ वटा गाई भैंसी मरिसकेका छन् । जिल्लाभर हालसम्म ५ हजार भन्दा धेरै गाई भैंसीमा यो रोगको प्रकोप देखिएको तथ्यांक छ ।

रोग लागेका पशुलाई टोकेका लामखुट्टे, किर्ना र अन्य किरा तथा परजिवीबाट निरोगी पशुमा यो रोग सर्ने चिकित्सकहरु बताउँछन् । रोगले महामारीकै रुप लिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ ।

प्रकाशित : वैशाख २९, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×