कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

तरहरा-धरान ६ लेन सडक तीन दिनभित्र पुन: निर्माण थाल्ने प्रतिबद्धता

अर्जुन सुवेदी

सुनसरी — इटहरीको तरहरादेखि सेउती पुलसम्मको ६ लेन सडक निर्माण कार्यले तीन दिनभित्र पुन: निरन्तरता पाउने भएको छ । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजना अन्तर्गतको सो सडक निर्माण कार्य एक वर्षदेखि अपलत्र हुँदा यात्रुले सास्ती पाएको भन्दै इटहरी उपमहानगरपालिकाको ताकेतापछि ठेकेदारले पुन: काम थाल्ने लिखित प्रतिबद्धता जनाएको हो ।

तरहरा-धरान ६ लेन सडक तीन दिनभित्र पुन: निर्माण थाल्ने प्रतिबद्धता

बुधबार निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक विस्तार आयोजनाबीच भएको छलफलमा निर्माण कम्पनीले तत्काल तीन दिनभित्र सडक निर्माण थाल्ने लिखित सहमति भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी उपमहानगर क्षेत्रमा बन्न बाँकी साढे ५ किलोमिटर सडक चाँडो पूरा गर्न पटक-पटक निर्माण कम्पनीलाई उपमहानगरले ध्यानाकर्षण गराउँदै आएको थियो भने प्रतिनिधिसभामा समेत आवाज उठेको थियो ।

निर्माण कम्पनीले अलपत्र छोडेपछि उपमहागनरले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिनुका साथै काम सक्ने समयसीमा सहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको थियो । ६ लेन सडक विस्तार आयोजनाअन्तर्गत इटहरीको तरहरादेखि धरानको तीनकुनेसम्मको १० किलोमिटर सडक दुई खण्डमा ठेक्का लगाइएको छ । तरहरादेखि सेउती पुलसम्मको प्याकेज ५ दशमलव ५ किलोमिटर सडक बनाउने ठेक्का हिमधुङ प्यासिफिक जेभीले लिएको छ । ५० करोड ३७ लाख २५ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का लागेको यो खण्डमा ठेकेदारले अलपत्र पारेछि सर्वत्र आलोचना हुँदै आएको छ । यो खण्डमा अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ । दोस्रो खण्डअन्तर्गत सेउती पुलदेखि धरानको तीनकुनेसम्म ४ दशमलव ५ किलोमिटर रौताहा कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी निर्माण गर्ने जिम्मेवारी पाएको छ । ३९ करोड ५९ लाख ७३ हजार ६ सय ९३ रुपैयाँमा ठेक्का पाएको रौताहाले चौतर्फी आलोचना र धरानवासी विरोधमा उत्रिएपछि काम अन्तिम चरणमा पुर्‍याएको छ ।

तीन वर्षभित्र निर्माण कार्य सक्ने सम्झौता भएको दुबै सडक खण्डको निर्माण अवधि सकिनै लाग्दा समेत कामले गति लिन सकेको छैन । राम्रोसँग काम अघि बढ्न नसक्दा यात्रुले सास्ती पाउनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । जीर्ण सडककै कारण गत आर्थिक वर्षमा उक्त खण्डमा ४४ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×