१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

इलाममा हुन लागेको म्याराथनमा १ सय ४७ जना सहभागी

विप्लव भट्टराई

इलाम — पहिलो पटक इलाममा हुन लागेको म्याराथनमा १ सय ४७ जनाले सहभागिता जनाउँदै छन् । नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित आकर्षक पुरस्कार राशीको प्रतियोगितामा १ सय १९ पुरुष र महिलातर्फ २८ जनाले सहभागिता जनाउँदै छन् । 

इलाममा हुन लागेको म्याराथनमा १ सय ४७ जना सहभागी

प्रतियोगिताको पुरस्कार पुरुषतर्फ विजेताले २ लाख ५० हजार र महिलातर्फ १ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा पुरस्कार राशीमा मात्र ९ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगितामा ओलम्पियनदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूको बाक्लो उपस्थिति रहने बताइएको छ ।

‘पहाडी र नयाँ भूगोलमा अयाोजित यो प्रतियोगिता समतल भू–भागमा जस्तो नभए पनि खेलाडी उत्साहित छन्,’ ओलम्पियन हरिकुमार रिमालले भने, ‘पहाडी भू–भाग भएका कारण यसअघि कायम समयभन्दा खेलाडीहरूलाई केही समय बढी लाग्न सक्छ ।’

सबै खेलाडी सदरमुकाम आएर मेडिकल टेस्टसहित आवश्यक तयारी पूरा गरिसकेको मूल आयोजक समितिका गणेश खतिवडाले बताए ।

प्रकाशित : चैत्र ३०, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?