प्रदेश नामकरणको विरोध प्रदर्शनमा मृत्यु भएका लिम्बुको परिवारलाई राहत

विराटनगर — कोशी प्रदेश नामकरणको विरोधका क्रममा चैत ५ गते विराटनगरमा भएको प्रर्दशनमा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बु (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको सोमबार बसेको क्याबिनेट बैठकले मृतक लिम्बुको परिवारलाई तत्काल राहतस्वरुप तीन लाख रुपैयाँ राहत दिने र घटनाको छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश नामकरण खारेज गर्नुपर्ने माग गर्दै चैत ५ गते विराटनगरमा भएको पहिचानवादीको विरोध कार्यक्रममा घाइते भएका लिम्बुको चैत १० गते मृत्यु भएको थियो ।


प्रकाशित : चैत्र १३, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?