हात्ती आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनका एक वृद्धको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र–५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

माझीलाई मंगलबार बिहान ११ बजेतिर माझीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा माझीको शव फेला परेको थियो । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

बराह क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । एक महिना अघिमात्र सोही क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो । माझीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

भुटनिज युथ स्पोर्ट्सले जित्यो वाग्मती गोल्डकपको उपाधि

सुवास विडारी

मकवानपुर — पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि विदेशी क्लब भुटनिज युथ स्पोर्ट्सले जितेको छ । मकवानपुरको पूर्वीक्षेत्रस्थित वाग्मती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा संकटा क्लबलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन भएको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो । भुटनिजका गोलरक्षक पूजन थापामगर म्यान अफ दी फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । उनले संकटाका सुरजज्यू ठकुरीले प्रहार गरेको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई उपाधि जिताएका थिए ।

उपाधिसहित भुटनिजले नगद ८ लाख र संकटाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । यो जितसँगै वाग्मती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।

पुस २४ गतेबाट वाग्मती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सातावटा ए डिभिजन टोलीका सातवटा क्लबसहित १० टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित : माघ ३, २०७९ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×