कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मुख्य राजमार्गको बिजोग [फोटोफिचर]

बुटवल–नारायणगढ सडकको म्याद सकियो
नवीन पौडेल

परासी — नारायणगढ–बुटवल सडक खण्ड विस्तारको दोस्रो पटक थपिएको म्याद सकिँदा काम भने ५३ प्रतिशत मात्र भएको छ । दोस्रोपटक थपिएको म्याद मंगलबार पूरा भएको हो ।

२०७५ चैत ८ बाट सुरु भएको सडक बिस्तारको कामले तीव्रता नपाउँदा यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धूलो र वर्षामा हिलोले यातायात सञ्चालनमा समस्या पर्दै आएको छ । तर ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गरेको हो । सरकारी पक्षले सडक विस्तारको कामलाई तीव्रता दिन ठेकेदारलाई निर्देशन दिए पनि सम्झौता अनुसार काम नभएको नारायणगढ बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापाले बताए ।

दोस्रो पटक थप भएको समयमा पनि योजना अनुसार काम नगरेको ठेकेदार पक्षले थप १८ महिना म्याद थप्न प्रस्ताव गरेको छ । तर, सरकारी पक्षले काम सम्पन्न हुने स्पष्ट आधार तय भएमा १ वर्ष म्याद थप्न सकिने बताएको छ । दुई खण्डमा निर्माणाधीन यो सडकको लागत १६ अर्ब ९९ करोड रुपैयाँ छ । नारायणगढ–दाउन्ने र दाउन्ने–बुटवल खण्डको १ सय १३ किलोमिटर सडक विस्तारको काम भइरहेको हो ।


प्रकाशित : श्रावण ८, २०८१ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्