कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'जेल भरौं अभियान'का अभियन्ता पक्राउ

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आएका परिवारजन र अधिकारकर्मी रुबि खानसहितको समूहले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ । 'जेल भरौं अभियान' ब्यानरमा भएको प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई लछारपछार गर्दै पक्राउ गरेको छ । उनीहरु कलंकीदेखि पैदल यात्रा गर्दै माइतीघर आइपुगेका थिए । त्यहाँ उनीहरुले 'जेल भरौ अभियान' भन्दै प्लेकार्ड प्रदर्शनसहित निषेधित क्षेत्र सिंहदरबारतर्फ जान लागेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

उनीहरुले निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत पुर्‍याउनुपर्ने मुख्य माग राखेका छन् । त्यस्तै बाँकी रझेना निवासी सुमदरानी थारूको बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, एकल /विधवा महिला माहेलका तेली लगायतका जाहेरीबाट नाम खारेज गर्नुपर्ने, बाँके जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्की तथा अनुसन्धान अधिकृतले निर्दोषलाई फसाउने कार्य गरेकोले एसपी कार्की तथा अनुसन्धान अधिकृतलाई कारबाही गर्नुपर्ने लगायत माग गरेका छन् । यसअघि पनि कुर्मीका हत्याराको कारबाही माग गर्दै खान लगायतका अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।


प्रकाशित : जेष्ठ २५, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्