कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बुद्ध जयन्तीमा झकिझकाउ लुम्बिनी

तस्बिर : मनोज पौडेल

लुम्बिनी — चिटिक्क सिँगारिएको लुम्बिनीमा बिहीबार विभिन्न कार्यक्रम गरी भव्य रूपमा बुद्ध जयन्ती मनाइएको छ । २५६८औं बुद्ध जयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिकासमेत आएका छन् ।

बिहीबार बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लगि प्रार्थना गरिएको थियो । मन्दिरबाट अन्तर्राष्ट्रिय ध्यान केन्द्रसम्म करिब २ किमी शोभायात्रा निकालिएको थियो । बुद्धजयन्तीका दिन वैशाख पुर्णिमामा लुम्बिनीमा भिडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बनेको छ ।

बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि थिए ।

प्रकाशित : जेष्ठ १०, २०८१ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्