कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बोलेर मात्र भएन, गरेर देखाऊ

पाठक पत्र

नेता भनेको बोल्नैको लागि हो भन्ने देखिएको छ । चिल्ला कुरा गर्ने, अहिले नै सबै काम पूरा गर्छु जस्तो भन्ने तर केही नगर्ने नेताहरूको रबैयाले जनता दिक्क भइसके । बोल्न माहिर नेताहरूले काममा चाहिँ माखो मारेनन् । देश र जनताका लागि भन्छन्, आफू र आफन्तलाई पोस्छन् । यही हो लोकतान्त्रिक संस्कार ?

नेताहरूका कारण जनतामा निराशा छाएको छ । नेताहरू एकले अर्कालाई आरोप लगाउँछन् । संसद् बन्द गर्छन् । संसद् बन्द गरेपछि छलफलचाहिँ कहाँ गर्ने ? एमाले सरकारमा छँदा कांग्रेसले संसद् बन्द गर्ने, कांग्रेस सरकारमा छँदा एमालेले बन्द गर्ने ! तलब मजाले खाने अनि संसद् बन्द गर्ने तरिका ठीक भएन । सरकारले प्रतिपक्षीको आवाज सुन्नु पर्दैन ?

यति वर्ष उति वर्ष जेल बसें भनेर मात्र भएन । त्यहीअनुसार काम गर्नुपर्‍यो । हिजो जेल बसेको ब्याज खाएर बस्ने कि जनताका लागि केही गर्ने ? जनता सिटामोल खान नपाएर मर्नु परिरहेको छ । एक गाग्री पानी लिन दिनभरि हिँड्नुपरेको छ । यसतर्फ नेताको नजर किन जाँदैन ? ससाना काम गरेर देखाउँदा नै जनता खुसी हुनेछन् । थोरै खुसीमा रमाउन सक्ने क्षमता नेपालीमा छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ ४, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×