कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

संसदीय छानबिनको सान्दर्भिकता

पाठक पत्र

सहकारी ठगीका विषय दिनहुँजसो आइरहेका छन् । यसमा मुलुककै गृहमन्त्री पनि जोडिएका छन् । तर सरकार यो छानबिनको विषय नै होइन जस्तो गरी चुपचाप बसिरहेको छ, जुन शोभनीय होइन ।

दीपेश पुनको बयान पनि उस्तै अपत्यारिलो छ । यसले प्रतिपक्ष दलले संसदीय छानबिनका लागि राखेको माग झन्झन् सान्दर्भिक हुँदै गएको छ । कुनै छानबिनको कसीमा सफा उत्रिएर आफ्नो राजनीतिक छविलाई गाढा बनाउनपट्टि नलागेर एकोहोरो आफू निर्दोष रहेको जिकिर गर्नुले कुनै अर्थ राख्दैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि ठगी प्रकरणमा जोडिएका व्यक्तिलाई सरकारमा सामेल गराएर गठबन्धनको सरकार चलाइरहँदा अप्ठेरो लाग्नुपर्ने हो ।

महेशप्रसाद ढुंगाना, नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित : वैशाख ९, २०८१ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×