कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मनाऔं सबैले नयाँ वर्ष

पाठक पत्र

सधैं माथि बस्ने बनोस् सत्य धर्म
खुलुन् भ्रष्टका ती सबै पाप कर्म

यहाँ झूट पापी हराएर जाऊन्
यहाँ देश लुट्ने डराएर जाऊन्
बनोस् राज्य ज्ञानी इमानीहरूको
चलोस् राज्य प्यारा र दानीहरूको
नयाँ सोच आओस् नयाँ राज्यनिम्ति
नहोस् जोस जाँगर हामीभित्र कम्ती
बनुन् देशवासी विवेकी र आँटी
नहोस् है कुनै पल बिनाकाम बाँकी
सबैले सबैमा उमारेर हर्ष
मनाऔं सबैले नयाँ यो छ वर्ष

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : वैशाख २, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×