कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भुइँमान्छे र नेता

पाठक पत्र

मै हुँ भन्ने अधिकांश आकाश हेर्ने मात्र भए
गफको भरमा अलमल्याउन खोज्ने मात्र भए

यो मुलुकलाई अघि लाने बाटो बनाएनन्
आफैंमात्र माथि पुग्न खोज्ने मात्र भए
सिंगापुर वा जापानजस्तो देश बनाउँछौं भन्थे
राजनीतिमा विसंगति ल्याउने मात्र भए
जे–जे पनि गर्ने भए भुँडी भर्न पाए
देशको भण्डार हसुरेर खोक्रो पार्ने भए
भुइँमान्छे त सधैंभरि भुइँमै लडेका छन्
हाम्रा नेता हाम्रै लागि घाँडो हुने भए

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : मंसिर २४, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×