कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

रुस–युक्रेन युद्ध र मानवता

पाठक पत्र

रुसले युक्रेनलाई आक्रमण गरेको फागुन ११ मा दुई वर्ष पूरा भएको छ । यस युद्धबाट कसले जित्ने र को हार्नेभन्दा पनि विश्व समुदाय र मानवताले हारेको छ । आफ्नो देशको क्षणिक स्वार्थ र शक्तिका भरमा कमजोर देशलाई हेप्ने, पेल्ने त विश्वका हरेक ठूला देशको नियत र हेपाहापनको पराकाष्ठा हो । शक्तिको दुरुपयोग हो ।

युद्धले कसैलाई पनि फाइदा हुँदैन । युद्धमा सबै पराजित हुन्छन् । कसैको जित हुँदैन । युद्ध भनेको यस्तो अवस्था हो, त्यो जो केहीले होस् भन्ने चाहना राख्दैन । त्यसमाथि पनि युद्धले दिने पीडा यति निर्मम र बर्बरतापूर्ण हुन्छ कि कसैले कल्पनासम्म पनि गर्न सक्दैन ।

विश्वको जुनसुकै देशमा युद्ध किन नहोस्, त्यसको बाछिटाले संसारलाई र विश्वभर भएका सबैलाई प्रभाव पार्छ ।

विश्वका साना र गरिब देशमा नागरिकले दुई छाक राम्रोसँग खान पाएका छैनन् तर युद्धका नाममा हातहतियार खरिदमा मात्रै अर्बौं डलर खर्च भइरहेको छ । आखिर कहिलेसम्म मानवजातिले आफ्नो स्वार्थका लागि एकअर्को देशसँग लडेर मानवताको धज्जी उडाउँदै युद्ध लड्ने ?

रुस–युक्रेन युद्धको मारमा ती दुई देशका नागरिकले मात्र दुःख भोग्नुपरेको छैन । शक्तिशाली देशहरूको लडाइँको चपेटामा आम नागरिकले कहिलेसम्म दुःख र कष्ट भोग्नुपर्ने हो ?
– भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन १५, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×