कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेता भेटिएन

पाठक पत्र

देउवा हाम्रा अचम्मका बोल्दै बोल्दैनन्
सत्तातिर अर्जुनदृष्टि, अन्त देख्दैनन्
जोखाना र भाग्यवादमा बडो आस्था यिन्को
कांग्रेस पार्टी सुधार गर्न भाँच्या छैनन् सिन्को
एमालेका ओली बाचाहिँ जथाभावी बोल्ने

दलभित्र गुट फलाउन सक्दो मलजल गर्ने
पुष्पकमल आज एउटा भोलि अर्कै बोल्छन्
सिंहदरबार छिर्न पाए जसो पनि गर्छन्
केही नेता आर्यघाटका प्रेत बोक्न खोज्ने
केही आउँछन् भल छेकेर रोपाइँ गर्न खोज्ने
देशमा चर्को खडेरीले बिरुवा सप्रिएन
सुनको बिहान उदाउने छाँटकाँट देखिएन
देश बनाउने खाइलाग्दा नेता भेटिएन
राष्ट्रनायक बन्ने ल्याकत कोहीमा देखिएन
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : मंसिर १५, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×