कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

महँगी नियन्त्रण गर

पाठक पत्र

सरकारी कर्मचारीको आर्थिक मोह, बिचौलियाको मनोमानी र व्यवसायीको बढी कमाउने महत्त्वाकांक्षाका कारण आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । डरलाग्दो आर्थिक मन्दी, गुम्दै गरेको रोजगारी घट्दै गइरहेको आम्दानी एकातर्फ छ भने सोच्नै नसक्ने गरी बढेको खाद्य सामग्रीको बजार भाउको मारमा परेका आम नागरिक परेका छन् । सरकार दसैं केन्द्रित अनुगमन गर्छ ।

सामान्य सटरहरूमा मुस्किलले दैनिक ४,५ हजारको व्यापार गर्ने पसलमा अनुगमन हुन्छ, जसको बढेको बजार भाउ नियन्त्रणमा कुनै भूमिका रहँदैन । कालीमाटी, बल्खु वरपरका ठूला व्यवसायीको अखडा अनुगमनकर्ताले देख्दैनन् । अन्तर्राष्ट्रिय बजारबाट नेपालमा खाद्य सामग्री आयात गर्नेको अफिस गोदाम कहाँ होला, कहाँबाट नेपालमा यी सामग्री भित्रिन्छन् ? कति दरमा आइपुग्छ ? साँच्चै व्यवसायीले कति मुनाफा पाउनुपर्छ ? उनीहरूले कति लिइरहेका छन् ? यी विषयमा सरकारलाई सोच्ने फुर्सद नै नहोला । अराजक बजार नियन्त्रण गर्ने हो भने मुहान अर्थात् मुख्य व्यवसायीलाई नियमन गर्नुपर्छ ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक २, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×