कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुधारात्मक दिशातर्फ पर्यटन क्षेत्र

पाठक पत्र

२०७९ पुसदेखि भदौसम्म ८ महिनामा नेपालमा विदेशबाट नेपाल भ्रमणका लागि ६ लाख १ हजार पर्यटक भित्रेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ठूलो आशा पलाएको छ ।

पर्यटकको आगमन बढ्दै जाँदा पर्यटक व्यवसायीहरू उत्साहित भएका छन् । नेपालको खस्कँदो अवस्थामा रहेको अर्थतन्त्र पनि बलियो रूपमा चलायमान हुने आकलन गर्न थालिएको छ ।

बहुदलीय प्रजातन्त्रको स्थापना, २०४८ मा बनेको कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइरालकै नेतृत्वको सरकारको समयमा लाउडा काण्ड र धमिजा काण्ड मच्चियो । त्यतिबेला १ करोड ७० लाख भ्रष्टाचार भएको २०४९/०५० मा निकै चर्चामा थियो । २०४८ अघि अन्तर्राष्ट्रिय विमानस्थलमा चल्तीमै रहेको ध्वजावाहक जहाज २३ वटा थिए । वायु सेवा घाटामा गएको भन्दै न्यून मूल्यमा बेचियो । २०७७ सम्ममा दुईवटा जहाज मात्रै बचेका थिए । जहाजको विषयलाई केन्द्रमा राखेर यसको मूल दोषी २०४८ यता बनेका कांगेस, एमाले र २०६४ पछि माओवादी पाटीहरूकै नेतृत्वको सरकारको चौतर्फी आलोचना भयो । त्यसपछि चारवटा वाइडबडी जहाज खरिद गरियो । त्यसलाई पनि सञ्चालन हुन नदिएपछि ५० अर्बभन्दा बढी घाटा भयो ।
उक्त जहाजहरू अहिले अन्तर्राष्ट्रिय मुलुकहरूमा उडाउन थालेको केही समय बितेको छ । उक्त जहाजबाटै ऋण चुक्ता गरेर नाफामा जाने परिस्थिति बनेको छ । नेपाल वायु सेवा निगमले अन्य जहाजभन्दा यो दुई वर्षभित्र पर्यटक ओसारपसार गरेर ८ करोड ४५ लाख अमेरिकी डलर आर्जन गरेको छ । गत ११ गते विश्व पर्यटन दिवसको दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान पाएको सूचना बाहिर आउनु आफैँमा खुसीको कुरा हो । मूलतः राजनीतिक अस्थिरता र मौलाउँदो भ्रष्टाचारका कारण अर्बौंको घाटामा डुबेको निगमले सम्मान पाउनु आफैँमा सकारात्मक घटना हो । यसको सुधार २०७८ मा समाजवादी पाटीबाट मन्त्री भएका प्रेम आले मगर र माओवादी नेता तथा हालका पर्यटनमन्त्री सुदन किराँतीले नै गरेका हुन् । आव २०७८ देखि सुधाको बाटोतर्फ लागेको पर्यटन व्यवसायले मुलुकको आर्थिक सूचकांकमा पनि सकारात्मक योगदान गर्न सक्छ । त्योभन्दा अझ व्यवसायीमा हौसला पैदा हुन्छ ।

तिलप्रसाद न्यौपाने, माछापोखरीचोक, काठमाडौं

प्रकाशित : आश्विन १४, २०८० १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×