कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेतालाई रमाइलो कृषकलाई पिरलो

पाठक पत्र

असार १५ किसानलाई पिरलो नेतालाई रमाइलो भएको दृश्य देखिएको छ । दलका नेताहरूले खेतमा धान रोपेर रमाइलो गर्न गएको दृश्यले सामाजिक सञ्जाल ढाकेको देखियो । नेताले हातमा धानको बीउ लिएको बूढो मान्छेले छाता उढाएको दृश्य कम रोचक थिएन ।

यो दृश्य हेर्दा कतै नेताले आफ्नो दायित्वभन्दा पनि कृषकको उपहास गरेको हो कि भन्ने लाग्यो । स्थानीयदेखि संघीय सांसदसम्मले खेतमा धान रोपेका फोटाहरू छरपस्ट देखिए । नेताज्यूहरू वर्षमा एक दिन जुत्ता लगाएर खेतमा धान रोपेको फोटो सामाजिक सञ्जालमा हालेर दायित्व सकिँदैन । साँच्चिकै समस्या बुझ्ने हो भने कृषकको न्यूनतम आवश्यकता पूरा गर्नुहोस् । तपाईं एक दिन खेतमा गएर धान रोप्दैमा समस्याको समाधान गर्न सहयोग पुग्दैन भन्ने तपाईंलाई थाहा छ । मुलुकमा हरेक दलले सरकार सञ्चालन गरिसकेका छन् । कुन दलको सरकारले कृषकलाई दियो ? प्रश्न गर्ने ठाउँ अनगिन्ती छ । जनताले भाषण धेरै सुने । कृषकको नाममा राजनीतिक पहुँचका आधारमा गैरकृषकले लाभ लिइरहेको पनि देखिएको छ । राजनीति संरक्षणमै गैरकृषक मौलाएका छन् । कृषि अनुदान पनि तिनै राजनीतिक पहुँचवालाले पाउँछ । तसर्थ सरकार कुरा होइन काम गरेर देखाऊ ।
किसानलाई बाली लगाउन मल छैन, बीउबिजन भनेको बेलामा पाइँदैन । सिँचाइको राम्रो प्रबन्ध छैन । कृषकले उब्जाएको वस्तुले बजार पाउँदैन । तर पनि नेताहरू धान दिवस भनेर गर्व गर्छन् । धन रोप्न मिल्ने फाँटहरूमा घर बनेका छन् । अब धान कहाँ रोप्ने ? कुनै समयमा धान निर्यात गर्ने मुलुकमा अहिले आयात गर्नुपर्ने अवस्था छ । तर पनि नेताहरूमा चेतना आएको पाइएको छैन । खेतीयोग्य जमिन खेतीकै लागि प्रयोग हुनेगरी बिक्री गरेको भए समस्या आउने थिएन । भू–माफियाको घेराबन्दीमा परेको राज्यले तिनीहरूकै हितमा निर्णय गर्दा कृषक मारमा परेका छन् । तसर्थ वर्षमा एक दिन धान दिवस मनाएर होइन सरकारले वर्षभरि नै धानमय राज्य बनाउन पहल गर्नुपर्‍यो ।
पुरुषोत्तम घिमिरे जोरपाटी, काठमाडौं

प्रकाशित : असार १७, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?