कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साझा बस सञ्चालकलाई सुझाव

पाठक पत्र

सबैका लागि लोकप्रिय, सस्तो र सजिलो यातायात साझा बस हो । यो जनाताकै साझा बस भएको छ । म पनि यो बस चढ्छु । यद्यपि यसको सुधार गर्नुपर्ने देखिन्छ । त्यसका लागि निम्न सुझाव रहेका छन् ।

साझा बस सञ्चालकलाई सुझाव

१) यो बसभित्र सबै प्लास्टिकका सिटहरू छन् जसमा फोहोर जमेको देखिन्छ । कम्तीमा महिनाको एक पटक बसभित्रका सिट लगायतलाई साबुन वा सर्फ–पानीले सफा गरिने व्यवस्था गर्नुपर्छ ।
२) यो अनुशासित संस्थाले चलाएको बस सेवा भएकाले निश्चित स्टपबाहेकका स्थानमा टेम्पु र ट्याक्सी रोकेको जस्तो गरी पेसेन्जर चढाउने र ओराल्ने काम गर्नु हुँदैन । साझा बस रोक्ने ठाउँमा सानो/सानो बोर्डमा ‘साझा बस स्टप’ लेख्दा राम्रो हुन्छ ।
३) पहिला/पहिला साझा बसको सिट च्यातेर रबरको फोम घर लैजानेसम्मको काम हुने गरेको थियो । त्यसैले प्लास्टिकका सिट राख्न थालिएको जस्तो लाग्छ । तर अब समय र यात्रुको मनस्थिति बदलिइसकेको छ । त्यसैले बसभित्र गद्दादार र आरामदायी सिटको व्यवस्था गर्नुपर्छ । त्यो व्यवस्थाले यात्रुलाई आराम हुन्छ ।
४) बसमा ‘एयर कन्डिसन’ चलाउन सकिन्छ । अहिलेको भन्दा थोरै महँगो गराएमा यात्रुहरू लाभान्वित हुनेछन् ।
प्रेमसिंह बस्न्यात, बुढानीलकण्ठ–८, काठमाडौं

प्रकाशित : असार १७, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?