कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हामी आफूलाई किन प्रश्न गर्दैनौं ?

पाठक पत्र

पत्रकार प्रश्न सोधिरा छन् । प्रतिपक्ष प्रश्न सोधिरा छन् । सत्तापक्ष पनि प्रश्न सोधिरा छन् । छिमेकी राष्ट्र प्रश्न सोधिरा छन् । नागरिक समाज प्रश्न सोधिरा छन् । मन्त्रीहरू पनि प्रश्न सोधिरा छन् । विद्यार्थी प्रश्न सोधिरा छन् । शिक्षक पनि प्रश्न सोधिरा छन् ।

बालेन–हर्क पनि प्रश्न सोधिरा छन् । गोकुल, गगन रवि सबै प्रश्न सोधिरा छन् । सबै जना प्रश्न सोधिरा छन् । तर उत्तर दिने प्रधानमन्त्री । मन्त्रिमण्डल मात्र ? अदालत मात्र ? त्यो हुन सक्दैन । यसरी देश बन्दैन । प्रश्न त जसले पनि गर्न सक्छ, औंला त जसले पनि उठाउन सक्छ, तर सच्चा नागरिक त्यो हुन्छ जो आफ्नो उसको केही नभनी आफूले गर्न सक्ने सहयोग राष्ट्रलाई गर्छ ।

सडकमा फोहोर देखे, फोहोर उठाउने काम नगरपालिकाको मात्र हो र ? हाम्रो पनि केही दायित्व छैन र ? के नेताले मात्र भ्रष्टाचार गर्‍या छन् र ? हामीले काममा ढिलो उपस्थित भएर, अल्छी मानेर, बिदा लिएर र कार्यालयप्रति वफादार नभएर र अन्य नीतिगत भ्रष्टाचार गर्‍या छैनौं र ? हामी सबै केही न केही रूपमा भ्रष्टाचारी हौं ।

राम्ररी पढेनौं, पढ्ने बेला कुलतमा फस्यौं, विदेश जानुपर्‍यो र दोष देशलाई दियौं, राजनीतिलाई दियौं । हामीलाई मिहिनेत गर्नु छैन । तलब भने बेसी चाहिएको छ । पढ्नु छैन तर परीक्षामा राम्रो अंक चाहिएको छ ।

डाक्टर, इन्जिनियरमा चाह छैन तर बसीबसी पैसा कमाउनु छ । अरूलाई जानीजानी होच्याएर, दबाएर आफ्नो मनलाई ढाँटेर आफू उत्कृष्ट देखिनु छ । हामीलाई गफ जोत्ने जागिर गर्नु छ । यस्तै संस्कार चलिराख्यो भने, हामीले जहाँको त्यहीँ हुन्छौं, अगाडि बढ्न सक्दैनौं । देशले जस्तो प्रधानमन्त्री पाए पनि, जस्तो मन्त्रिमण्डल पाए पनि गल्ती औंलाउनुका साथसाथै, हामीले राम्रो ढंगले काम गर्न दिने वातावरण बनाउनुपर्छ ।


यसरी समस्या छ भन्दैमा प्रश्न मात्र उठाएर केही हुन्न । समाधान खोज्नुपर्छ । झगडा गरेर हामी एक दिन अवश्य सकिन्छौं । हामी त एक भएर समाधान खोज्नु छ । नेतालाई गाली गर्दागर्दै हामीले देश बनाउने जिम्मा हाम्रो पनि हो है भन्ने बिर्सियौं ।

यसरी ऐनामा फोहोर छ भनेर ऐनालाई मात्र दोष नदिऔँ, फोहोर आफ्नो अनुहारमा पो छ कि ? हेरौं । कम बोलौं र समाधान खोजौं । देशले हाम्रा लागि के गर्छ भन्ने भन्दा पनि हामीले देशलाई के गर्न सक्छ, त्यो आफैंलाई सोधौं ।
– दीपन्द्र घिसिङ तामाङ, बौद्ध, काठमाडौं

प्रकाशित : जेष्ठ २६, २०८० १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?