मानव अधिकार आयोगको श्रेणी खस्कने जोखिम

पाठक पत्र

संविधानमै व्यवस्था भएको संवैधानिक निकायमा भएको नियुक्ति प्रक्रियाले समग्र आयोगको अन्तर्राष्ट्रिय हैसियत ह्रास हुने जोखिम बढेको छ । यसले नेपालको राजनीतिक नेतृत्व राज्यप्रति कति संवेदनशील छन् भन्ने दर्साउँछ ।

आफ्ना विवादास्पत नेता–कार्यकर्तालाई राज्यका उच्च निकायमा स्थान दिँदा त्यसले पार्न सक्ने दीर्घकालीन असरलाई मध्यनजर गर्न नसक्नु भनेको राज्यको उच्च ओहोदामा रहेर पद र अधिकारको दुरुपयोगजस्तै देखियो । समयसमयमा फेरबदल भइरहने सरकारले गरेका निर्णयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख गुम्दै जानु पक्कै पनि राम्रो विषय होइन ।
– जनक आचार्य, उत्तरगया, रसुवा

प्रकाशित : जेष्ठ १२, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?