कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा भुवन केसी नियुक्त

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । साउन ७  गतेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा भुवन केसी नियुक्त

दुई दशक पत्रकारिता र एक दशक पत्रकारिताको अध्यापन गरेका केसीले मिडिया, राजनीति र संसदीय मामिलामा अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् ।

केसीको सम्पादन तथा सहलेखनमा पत्रकारिता र राजनीतिसम्बन्धी पुस्तक र अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गरेका केसीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा पिएचडी गर्दैछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सञ्चार प्रमुख भइ कार्य गरेका केसी यसअघि पनि उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकार भएका थिए ।

प्रकाशित : श्रावण ११, २०८१ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×