कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

एक्स्काभेटरको बकेटमा जोखिमपूर्ण यात्रा

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार फड्के तत्काल बनाइने क्रममा रहेकाले सोमबार र मंगलबार स्थानीयलाई आउजाउ गर्न एक्स्काभेटर प्रयोगमा ल्याइएको हो । बाह्रबिसे नगरपालिकाबाट तीन एक्स्काभेटर त्यहाँ यातायात सूचारु गर्न प्रयोग गरिएको नगर प्रमुख बस्नेतले बताए । 

एक्स्काभेटरको बकेटमा जोखिमपूर्ण यात्रा

मंगलबार सीमाक्षेत्र र खोला पारिका विभिन्न स्थानमा हिंडेका स्थानीय बाह्रबिसेमै अलपत्र परेपछि उनीहरूका लागि एक्स्काभेटर प्रयोग गरिएको हो । बाह्रबिसे नगर–५ जम्बु हिँडेका तामाङ टोलकी सानुमाया तामाङले पहिलो पटक एक्स्काभेटरबाट यात्रा गर्नुपरेकामा अचम्मित भएको सुनाइन् ।

‘अब फड्के बन्दैछ, फड्के बनेपछि डोजरबाट यात्रा गर्नुपर्ने छैन, घर जान अन्य विकल्प नभएपछि अहिले यसरी जानु परेको हो,’ उनले भनिन् । उनीझै दुई दर्जन स्थानीयले मंगलबार एक्स्काभेटरको बकेटमा चढेर खोला वारपार गरेको बताए । ‘नहुनुभन्दा यही भए पनि खोला तर्ने माध्यम बनिदियो,’ स्थानीय नारायण श्रेष्ठले भने ।

बाह्रबिसे नगरपालिका–३ र ५ लाई जोड्ने यस खोलामा दुईवटा क्रेन प्रयोग गरी बेलिब्रिज तानेर पुरानै स्थानमा पुनःस्थापना गर्न थालिएको छ । बाह्रबिसे तातोपानी सडक खण्डको २६ किलोमिटरमध्ये खाग्दलबाहेक दसकिलो, लिपिङ खण्डमा पनि बर्खे खोला र पहिरोले अवरोध पुर्‍याउँदै आएको छ ।

प्रकाशित : श्रावण २, २०८१ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×