कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

प्रधानमन्त्री ओलीलाई ओमानका विदेशमन्त्रीले भेटे

भाद्र ११, २०८१
प्रधानमन्त्री ओलीलाई ओमानका विदेशमन्त्रीले भेटे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद अलबुसइदीले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् । 

ओलीलाई भेट्न अलबुसइदी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । उक्त अवसरमा उनीहरुबीच दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

प्रकाशित : भाद्र ११, २०८१ १७:२२
x
×