कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विद्या भट्टराई : त्रिविकी पूर्व उपप्राध्यापक बनिन् शिक्षामन्त्री

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् ।

विद्या भट्टराई : त्रिविकी पूर्व उपप्राध्यापक बनिन् शिक्षामन्त्री

उनी ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् । कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी हुन् ।

५२ वर्षिया भट्टराई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिईन् ।

श्रीमान तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री एवं कास्कीका एमाले नेता रविन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिईन् ।

२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर संसद् छिरेकी हुन् । २०७९ को निर्वाचनमा पनि उनी सोहि क्षेत्रबाट दोस्रो पटक निर्वाचित बनिन् ।

समाजशास्त्रमा स्नातककोत्तर मानवशास्त्रमा एमफिल सम्मको अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिईन । २०४६ साल देखि नै उनी एमालेमा आवद्ध थिईन् ।

२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलोपटक मन्त्री बनेकी हुन् । शिक्षा मन्त्रालयले लगातर दोस्रोपटक महिला शिक्षामन्त्री पाएको छ ।

यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री थिईन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।

प्रकाशित : असार ३१, २०८१ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×