कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

राजेश मिश्र

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।

प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् ।

भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मूर्मूसँग ‌शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : जेष्ठ २७, २०८१ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×