कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संसदीय छानबिन समितिद्वारा सहकारीबारे विगतका सबै प्रतिवेदन झिकाउने निर्णय

सहकारी सन्दर्भमा यो नवौं छानबिन समिति हो । बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग, यसअघि बनेका छन् । ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्राचार गरेर असार २ भित्र प्राप्त गरिसक्ने निर्णय भएको छ । - सूर्य थापा, समिति सभापति

काठमाडौँ — सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विभिन्न समयमा सहकारीमा भएका छानबिन र अध्ययन प्रतिवेदन उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

संसदीय छानबिन समितिद्वारा सहकारीबारे विगतका सबै प्रतिवेदन झिकाउने निर्णय

शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन झिकाउने निर्णय गरेको हो । त्यस्ता प्रतिवेदनहरू असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि भएको सभापति सूर्य थापाले जानकारी दिए ।

'सहकारी सन्दर्भमा यो नवौं छानबिन समिति हो । बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग, यसअघि बनेका छन । नेपालमा सहकारीलाई संस्थागत गर्ने सन्दर्भमा जति पनि छानबिन समिति, अध्ययन, जाँचबुझ समितिहरु बनेका छन् । ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्रचार गरेर प्राप्त गरिसक्ने भनिएको छ',सभापति थापाले भने,'सहकारीसँग सम्बन्धित सबै आवश्यक त्यस्ता दस्तावेज, डकुमेण्ट, प्रतिवेदनहरु उपलब्ध गराउन पनि म समितिको तर्फबाट सम्बद्ध सबैसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।'

बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने भएको छ ।

बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमति पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×