कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हरित अर्थतन्त्र नेपालको भावी समृद्धिको केन्द्रविन्दु : प्रधानमन्त्री दाहाल  

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले हरित अर्थतन्त्र प्रविधि र हरित अर्थतन्त्र नेपालको भावी समृद्धिको केन्द्रबिन्दु रहेको बताएका छन् । यूरोपेली संघ (इयु)–नेपाल बिजनेस फोरम–२०२४ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

हरित अर्थतन्त्र नेपालको भावी समृद्धिको केन्द्रविन्दु : प्रधानमन्त्री दाहाल  

दुई दिने बिजनेस फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले व्यवसाय गर्न सहज हुने र निजी लगानी भित्राउन सरकारले कानुनी परिमार्जन गरिरहेको समेत जानकारी दिए। उनले भने, ‘इयु–नेपाल सम्बन्धको ५० वर्ष पूरा भएकोले साझा विकास र समृद्धिको नयाँ अध्यायको सुरुवात भएको छ ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री दामोदर भण्डारी, अन्तर्राष्ट्रिय साझेदारीका प्रतिनिधिहरु, युरोपेली आयोगका उपमहानिर्देशक मिरियम फेरान, युरोपेली संघका आठ सदस्य राष्ट्रका राजदूत र युरोपेली लगानी बैंक (इआइबी) का ग्लोबल निर्देशकको समेत उपस्थिती रहेको थियो ।

इयु इन्टरनेशनल पार्टनरसिपकी उपमहानिर्देशक फेरानले दिगो लगानीका लागि युरोपेली संघको विश्वव्यापी प्रस्ताव ‘ग्लोबल गेटवे’ले नवीकरणीय उर्जालाई पहिले नै समर्थन गर्दै आएको र नेपालको प्राथमिकताका क्षेत्रमा लगानीलाई थप सहयोग गर्ने बताइन् ।

इयू–नेपाल बिजनेस फोरममा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उच्चस्तरीय पर्यटन र कृषि लगायतका विभिन्न क्षेत्रहरूमा छलफल गर्ने ५० भन्दा बढीवक्ताहरुसहित ३०० भन्दा बढी सहभागीहरू रहेको काठमाडौंस्थित इयूले जनाएको छ ।

नेपालका लागि इयूकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा सन् २०२२ मा सुचनाप्रविधि सेवा निर्यातमा ६४ प्रतिशतको वृद्धि ५० करोड यूरो र २०२३ मा १० लाखभन्दा बढी पर्यटकको आगमन जस्ता उपलब्धिहरू उल्लेख गरिन् । उनले यी उपलब्धिहरू युरोपेली व्यवसायका लागि अवसरहरू भएको बताइन् ।

राजदूत लोरेन्जोले पछिल्लो बिजनेस फोरमबाट नेपालले साना फर्महरूको उल्लेखनीय योगदानसहित करिब ४७ अर्ब रुपैयाँका करिब ४०० परियोजना स्वीकृत गरेको बताइन् ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×