कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सफा हिमाल अभियान–२०२४ टोली स्याङ्बोचेमा

काठमाडौँ — सफा हिमाल अभियान–२०२४ मा संलग्न टोली आइतबार स्याङ्बोचे पुगेको छ । नेपाली सेनाका अनुसार टोली सगरमाथा ल्होत्से र नुप्त्से हिमाल सफाइको लागि गएको हो ।

सफा हिमाल अभियान–२०२४ टोली स्याङ्बोचेमा

टोलीमा १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जना रहेको छ । टोली नेपाली सेनाको हवाई साधनमार्फत स्याङ्बोचे इलाकामा पुगेको हो ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा गरेर टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको सेनाले जनाएको छ । ‘पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइसमेत गरिनेछ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने टोलीको लक्ष्य छ ।

प्रकाशित : वैशाख २, २०८१ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×